भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा!

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा!

३ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा)का लागि यही कात्तिक १३ मा सार्वजानिक बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन्।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो।

भेटपछि सांसद श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर माग सम्बोधनका लागि सकारात्मक जवाफ दिएको जानकारी दिए। प्रदेश सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्दा चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने र त्यो सम्भव नहुने जनाए।

नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ। त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन्। पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजा गर्न तोकेको छ। रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.