महरालाई काठमाडौँ जिल्ला अदालत लगियो

महरालाई काठमाडौँ जिल्ला अदालत लगियो

३ कात्तिक, काठमाडौं ।
बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिल कार्यालयमा बयान लिएपछि जिल्ला अदालत, काठमाडौंमा हाजिर गराइएको छ ।आइतबार दिनभर सरकारी वकिल कार्यालयमा बयान लिएपछि उनलाई थुनछेक बहसका लागि अदालत लगिएको हो ।

उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

यसअघि स्वास्थ्यकै कारण बयान दिन नसक्ने उनले बताएका थिए ।प्रहरीले अनुसन्धान अझै नसकिएको जनाउँदै थप ७ दिन म्याद माग्ने तयारी गरेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.