घातकसिद्ध लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन विज्ञहरुको सुझाव

घातकसिद्ध लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन विज्ञहरुको सुझाव

३ कात्तिक, काठमाडौँ ।
विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । वातावरणविद् रामचरित्र साह, चिकित्सक मेघनाथ धिमालले लेडयुक्त पेन्ट स्वास्थ्यको लागि घातक हुने भएकाले त्यसको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका हुन ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वातावरणविद् साहले नेपाल सरकारले लेडयुक्त पेन्टको मापदण्ड तोकेपनि त्यसको पूर्ण रुपमा परिपालना गराउन नसकेकाले मानव स्वास्थ्यमा समस्या देखा पर्दै आएकाले सो समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गरे । वातावरणविद् साहले लेडयुक्त पेन्टमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएकाले यसबारे सचेत हुन आम उपभोक्तालाई पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै डा. धितालले मानव स्वास्थ्यका लागि घातकसिद्ध हुने भएकाले लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए । चिकित्सक धितालले लेडयुक्त पेन्टसम्बन्धि मापदण्ड सरकारले घोषणा गरेपनि त्यसको परिपालना गराउन पहल गर्न नसकेको गुनासो पनि गरे । लेडयुक्त पेन्टका कारण मानिसको मृर्गौलानै ड्यामेज्ड भएर जाने, नपुंसक हुने लगायतका सम्भावना रहेको चिकित्सकहरुको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.