म्यानमारकी नेतृ आङ साङ सूचिले नेपाल भ्रमण गर्ने

म्यानमारकी नेतृ आङ साङ सूचिले नेपाल भ्रमण गर्ने

४ कार्तिक, काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचिले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो ।

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फएिका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचिले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाईसकेको जानकारी दिए । मन्त्री ज्ञवालीले उनको भ्रमणको मिति भने खुलाएका छैनन् ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे । उनले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि÷सम्झौंता नगर्ने पनि पटक–पटक दोहो¥याए ।

राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तराष्ट्रिय सन्धि, सम्झौंता गर्ने पनि मन्त्री ज्ञवालीको स्पष्टिकरण थियो । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताए ।

राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौंता भएको थियो । राष्ट्रपति भण्डारी भने म्यानमारको चार दिने भ्रमण पूरा गरी जापान पुगेकी छन । उनी ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.