अब नो स्ट्रिट पिपुल, सबैलाई आवास दिइन्छः प्रधानमन्त्री

अब नो स्ट्रिट पिपुल, सबैलाई आवास दिइन्छः प्रधानमन्त्री

४ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कुनै पनि सडकका पेटी सडक मानवरहित हुने बताएका छन् ।

सोमबार नागढुंगा–नौबिसे सुरुङ मार्ग शिलान्यास कार्यक्रममा बोल्दै उनले सडकमा सडक मानिस देख्न नपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, जिंग्रिङ्ग भएर अब कोही पनि बस्न पर्दैन, उनले भने, अब सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन।

सडकमा मान्छे हुनै सक्दैन। हरेकको व्यवस्था गरिन्छ। आवास दिइन्छ। अब नो स्ट्रिट पिपुल। यस्तै उनले सडक बालबालिका पनि देख्न नपर्ने बताएका छन्।

सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगायउने र घरबार नै नभएकालाई सरकारले जिम्मा लिने बताएका छन्।

उनले भने, कोही पनि नभएका बालबालिकाको जिम्मा सरकारले लिन्छ। लालनपालन, शिक्षा सरकारले दिन्छ र योग्य नागरिक बनाउँछ। यो जिम्मा सरकारकै हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.