करेन्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

करेन्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

४ कात्तिक, पाँचथर ।
पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थित हाङथुवा टोलमा नयाँ बिजुली विस्तार गरी पोलबाट तार जडान गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान रुप्से गाउँपालिका–९ वस्ने २५ को ईश्वर सारु मगरलाई तार जडान गर्ने क्रममा अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएका थिए ।

घाईते मगरलाई उपचारकोलागि जिल्ला अस्पताल पाचँथर र्पुयाउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.