NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

पूर्व गृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको खुलासा

मङ्लबार कार्तिक ५ , २०७६
Reading Time: 1 min read
A A
पूर्व गृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको खुलासा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ कात्तिक, काठमाडौँ । पूर्व गृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ ।

भारतको उत्तर प्रदेशको गोरखपुर निवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।

उत्तर प्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए ।

निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन्।

शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल (उपप्रबन्ध–उपमन्त्री वा कार्यवाहक अध्यक्ष–चेयरमैन) पुत्र स्व. पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है–यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’

कँडेल आफैले भारतीय नागरिक घोषणा गरेर उत्तर प्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ ।

सिआइबीको टोलीले संकलन गरेको विवरणअनुसार कँडेल भारत उत्तरप्रदेश, महाराजगञ्ज जिल्लाको ठुठीबारीस्थित राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष भएको स्पष्ट भएको छ । सन् २०१८ को डिसेम्बरमा भएको निर्वाचनमा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । हाल उनी समितिको अध्यक्षकै हैसियतमा बहाल छन् ।

सन् २०१६ अगस्टमा भएको निर्वाचनमा समेत कँडेल उम्मेदवार बनेका थिए । तर, निर्वाचनमा अध्यक्षका उम्मेदवार देवेन्द्रराज कँडेल र ठूटीबारीका पूर्व प्रधान राजेश सिंहले बराबर मत पाएपछि चुनाव निष्कर्षविहीन भएको थियो । कँडेलले आफू भारतको ३३ कसाया रोड वेतिया हाता जनपथ–गोरखपुर निवासी भएको भनी लिएको शपथपत्र पनि सिआइबीले प्राप्त गरेको छ ।

नेपाल प्रहरी स्रोतले कँडेलसँग भारतको आधारकार्ड, मतदाता परिचय पत्रलगायत प्रमाणपत्र रहेको दाबी गरेको छ । उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा पनि छानबिन भइरहेको छ । भारतीय कानुनअनुसार कुनै पनि प्रतिष्ठानमा गैरभारतीय नागरिकले पदाधिकारी बस्न नपाउने प्रावधान छ ।

आफ्नो विषयमा इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको स्वयं कँडेलले पनि स्वीकारे । ‘भारतको कलेज मेरो राजनीतिक थलो होइन । यही प्रश्न भारतमा पनि उठेको छ । उनीहरूले नेपालीले भारतमा आएर चुनाव लड्यो भनेर मेराविरुद्ध मुद्दा हालेका छन् । त्यहाँको उच्च अदालतमा मेरो विरुद्धको मुद्दा चलिरहेको छ । तर, म आजसम्म नेपाली नागरिककै हैसियतमा गोरखपुरको राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष छु,’ उनले भने ।

तर, कँडेल कलेज सञ्चालक समितिको अध्यक्ष मात्र होइन, भारतीय मतदाता पनि रहेको दाबी हिन्दुस्तान दैनिकले गरेको छ । हिन्नदुस्तानले २ मे २०१९ मा लेखेको छ, ‘२००४ को निर्वाचनमा पनि कँडेल ठुटीबारीका मतदाता थिए । उनको परिवारका तीन सदस्य अहिले पनि सोही क्षेत्रका मतदाता हुन् । उनीहरूले आगामी निर्वाचनमा पनि मतदान गर्न पाउने छन् ।’

कँडेलले गरेको स्वघोषणाले नै उनले दोहोरो नागरिकता लिएको पुष्टि हुने कानुन्विद बताउँछन् । इलाहावाद उच्च न्यायालयका अधिवक्ता राकेश गुप्ताले भएका दस्ताबेजले कँडेल कारबाहीको भागीदार हुने बताए ।

‘सम्बन्धित व्यक्ति आफैँले राज्यसमक्ष आफू भारतवासी रहेको भनी जानकारी गराउने व्यहोराको शपथपत्र नै मुख्य प्रमाण हो, फेरि उनले आफूले दिएको विवरण गलत भए कानुनअनुसार कारबाही भोग्छु पनि भनेका छन्,’ गुप्ताले भने । अधिवक्ता गुप्ताले भारतीय नागरिक नभएसम्म कँडेल भारतीय कलेजको समितिमा आबद्ध हुन नसक्ने भएकाले उनी भारतीय नागरिक रहेको पुष्टि हुने दाबी गरे ।

यता, संविधानविद् भीमार्जुन आचार्य नेपाली सांसदले भारतीय संघसंस्थामा गएर चुनाव लड्नु र भारतीय कानुनअनुसार शपथ खानु गम्भीर अपराध भएको बताउँछन् । सांसद कँडेलले शपथ खाँदा प्रयोग गरेका शब्द आपत्तिजनक रहेको र त्यसका आधारमा अनुसन्धान गर्नुपर्ने टिप्पणी आचार्यको छ ।

‘शपथमा सांसद कँडेलले भारतीय ठेगाना दिएर त्यहाँको बासिन्दा हुँ भन्नु गम्भीर अपराध हो,’ आचार्यले भने, ‘नेपालको गृह प्रशासनले उनीमाथि अनुसन्धान गरेर उनीसँग दोहोरो नागरिकता रहेको हो वा होइन, कानुनी निष्कर्ष निकाल्नु पर्छ । र, आवश्यक कारबाही गर्नुपर्छ ।’

सांसद कँडेलले गोरखपुर निवासी भनेरै भारतीय सवारीचालक अनुमतिपत्र समेत लिएका छन् । ‘युपी ५३ २०१४००१४७७३४’ नम्बरको चालक अनुमतिपत्र उनले सन् ११ जुन २०१४ मा नवीकरण गरेका हुन् । नयाँ पत्रिका दैनिकबाट

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.