५ कात्तिक, काठमाडौँ ।
प्रदेशसभा सांसद दीपक मनाङ्गेको जीवन कथामा चलचित्र निर्माण हुने भएको छ । ‘मनाङ्गे’ नाम दिइएको चलचित्रलाई किरण नेपाली र अमलादेवी राईले निर्माण गर्न लागेका हुन् ।
चलचित्रलाई जमन विष्टले निर्देशन गर्दै छन् । चलचित्र सम्बन्धी ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा स्नातकोत्तर गरेका जमनलेनै कथा तयार गर्दै छन् । निर्माता नेपालीका अनुसार सोमबार निर्माण पक्ष र जमनबीच सम्झौता भएको हो ।
डनदेखि सांसदसम्मको यात्रा तय गरेका दीपकको बायोपिक दर्शकका लागी निकै रोचक र फरक स्वादको हुने निर्माण पक्षको विश्वास छ । चलचित्रलाई नयाँ वर्षलाई लक्षित गरेर२०७७ सालको चैत्रको अन्तिम साता रिलिज गर्ने तयारी रहेको बुझिएको छ ।









