६ कात्तिक, काठमाण्डौ ।
देशका धेरैजसो भूभागमा मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरब सागरमा विकास भएको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले देशको उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पूर्वी पहाडी र मध्य भूभागका केही ठाउँमा फाट्फुट्ट पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने आशिंकदेखि सामान्य बद्ली हुने सम्भावना छ । अबको केही दिन देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।