६ कात्तिक, बैतडी।
बैतडीमा डोजरले महिलालाई हुत्याउने एक चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । घटनामा संलग्नभएको आरोपमा चालकसहित अन्य ३ जना पनि पक्राउ परेका छन् ।
डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । दशरथचन्द नगरपालिका वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो ।