६ कात्तिक, काठमाडौं ।
शव जलाउनेहरुले विभिन्न माग राखेर आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति देखिएको छ ।
बुधबार बिहानदेखि आफ्ना माग पूरा नभएको भन्दै कामै रोकेर उनीहरुले आन्दोलन थालेका हुन्। आफ्ना माग पूरा नभएको भन्दै कामदारहरुले बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने काम बन्द गरेका हुन्।
तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले माग पूरा भएर कर्मचारीहरु काममा फर्किएको दाबी गरे।
उनले भने, ‘उहाँहरुको काम सम्बोधन भइसकेको छ। अहिले काममा फर्किने तयारीमा हुनुहुन्छ। त्यो नभए पनि हामीसँग दुईवटा विद्युतीय शव दाहगृह तयारी अवस्थामा छन्।’