६ कात्तिक, पाँचथर ।
पाँचथरको कुम्मायक गाउँपालिका–५ का २७ बर्षीय सुनिल सम्बाहाम्फेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलवार अपरान्ह पौने ५ बजे पाँचथरको जोरपोखरीबाट फिदिम तर्फ आउँदै गर्दा सम्बाहाम्फे सवार को १२ प २६२ नम्बरको मोटरसईकलले ना ३ ख ५६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रीत भई दुर्घटना हुँदा उनी घाईते भएका थिए ।
मोटरसाईकल चालक सम्बाहाम्फेको उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । अस्पतालमा उनको उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।