पटकासहित २ जना पक्राउ

पटकासहित २ जना पक्राउ

६ कात्तिक, विराटनगर ।

एक नम्बर प्रदेशका बिभिन्न स्थानहरुबाट बिष्फोटक जन्य पदार्थ पटका बरामद भएको छ ।

त्यस्तै पटका ओसार पसारमा संग्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पटका ओसार पसारमा संलग्न सुनसरीको धरान उपमहानगरपालिका–११ का ३० बर्षीय गणेश बि.क. र ईटहरीका २७ बर्षीय सन्तोष नेपाल पक्राउ परेका छन् ।

उनीहरुलाई भोक्राहा नरसिङ गाउँपालिका–३ बाट ५ हजार बराबरको पटका सहित पक्राउ गरिएको हो । यसैगरी झापाको भद्रपुर नगरपालिका–३ बाट ५० हजार बराबरको पटका प्रहरीले बरामद गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–२ पैठा चोकबाट १२ हजार बराबरको बिष्फोटकजन्य पदार्थ पटका बरामद भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.