एजेन्सी,कात्तिक ६
इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।मंगलबार राती भएको खेलमा सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायमै राख्न सफल भएको हो ।
सिटीको फराकिलो जितका स्ट्रलिङले ह्याट्रिक तथा सर्जियो अगुइरोले दुई गोल गरे । पाहुना टोलीका रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल फर्काए । रुस्लान मालिनोभ्स्कीको पेनाल्टी म्यानचेस्टर सिटी खेलको २८औं मिनेटमा पछि परेको थियो । तर, एटलान्टाको त्यो अग्रता लामो समय टिकेन । ३४औं मिनेटमा अगुइरोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा अगुइरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा रहिम चम्कदै ११ मिनेटमा ह्याट्रिक पूरा गरे । ५८औं मिनेटमा फिल फोडेनको पासमा रहिमले पहिलो गोल गर्दा सिटी खेलमा ३–१ ले अघि बढ्यो । ६४औं मिनेटमा इकेए गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।६९औं मिनेटमा रियाद महारेजको पासमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटी ५–१ को फराकिलो जित निकाल्यो ।
८२औं मिनेटमा सिटी १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा एटलान्टाले उठाउन सकेन । सिटीका फिल फोडेन दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । जितसँगै सिटी समूह ‘सी’ मा ९ अंक जोडेर शीर्षस्थानमा छ । एटलान्टा अंकविहीन हँुदै पुछारमा छ ।










