विराटनगरबाट डेढ लाख बढीका अवैध सामान प्रहरीद्वारा बरामद

विराटनगरबाट डेढ लाख बढीका अवैध सामान प्रहरीद्वारा बरामद

६ कात्तिक, विराटनगर ।
मोरङ प्रहरीले १ लाख ६१ हजार ६ सय ७१ रुपैँया बराबरका भन्सार छली ल्याएका सामान विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको गस्ती टोलीले सो मुल्य बराबरका समान बरामद गरेको हो ।

बरामद समान मध्ये विराटनगर–१० बाट २१ हजार २ सय रुपैँया बराबरको विभिन्न मोटर पार्टस र ४ हजार ३ सय २० रुपैँया बराबरको सुर्ती रहेको छ भने विराटनगर–६ बाट १२ हजार रुपैँया बराबरको पापड, सुनपाप्री, बदाम, सुपाडी बरामद भएको छ ।त्यसैगरी विराटनगर–१४ बाट २६ हजार एक सय ५० रुपैँया बराबरको गिलास, बटुका, पापड तथा ९८ हजार बराबरको लत्ता कपडा बरामद भएको छ ।

बरामद गरिएको समानलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.