व्यावसायिक वातावरणको सूचकांकमा नेपाल दक्षिण एसियामा तेस्रो

व्यावसायिक वातावरणको सूचकांकमा नेपाल दक्षिण एसियामा तेस्रो

७ कात्तिक, काठमाडौँ ।
विश्व बैंकको व्यावसायिक वातावरणको सूचकांक (डुइङ बिजनेस र्‍याङ्किङ)मा नेपालले आफूलाई केही सुधार गरेको छ। दक्षिण एसियामा नेपालको पोजिसन तेस्रो छ भने विश्व सूचीमा ९४ औं स्थानमा रहेको छ।

गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस पटक १६ स्थानमा उक्लिएको छ । विश्व बैंकले व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन गरी व्यावसायिक वातावरणहरुबारे अध्ययन गरी हरेक वर्ष देशहरुको सूचकांक सार्वजनिक गर्ने गरेको छ ।

उसको प्रतिवेदन अनुसार नेपालले यस वर्ष ६३.२ अंक प्राप्त गरेको छ । गत वर्ष ५९.६ अंक प्राप्त गरेको छ । तर दुई महिनाअघि विश्व बैंकले सार्वजनिक गरेको अर्को एक प्रतिवेदन अनुसार व्यावसायिक वातावरणमा सुधार गर्ने २० मुलुकहरुको सूचीमा नेपाल छैन ।

१६ स्थानले माथि उक्लिए पनि नेपालमा अझै व्यवसाय गर्ने झन्झट भने कायमै रहिरहेको प्रतिवेदनले औंल्याएको छ । एकैपटक १६ औ स्थाने अगाडि आउनु नेपालको लागि पहिलो पटक रहेको योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.