सलमानको ‘दबंग ३’को ट्रेलर रिलिज(भिडियो)

सलमानको ‘दबंग ३’को ट्रेलर रिलिज(भिडियो)

एजेन्सी, कात्तिक ७
नयाँ वर्षको अवसरमा रिलिज हुने ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको ट्रेलर एक्सन एक्सनले भरिपूर्ण रहेको छ भने सलमानको चुलबुल पाण्डे स्टाइल सदाबहार देख्न सकिन्छ ।

२० डिसेम्बरमा रिलिज हुने सो चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् । चलचित्रमा सलमानका साथमा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

यसमा सलमानकै कथा र पटकथा छ भने उनलाई पटकथामा प्रभु देवा, दिलीप शुक्ला र अलोक उपाध्यायले साथ दिएका छन् । दबंगका अघिल्ला दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.