७ कात्तिक, काठमाडौं ।
पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाले बिहीबार बिहान पक्राउ गरेको हो ।
‘यस्तै त हो नि ब्रो’ चर्चित गीतमा गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
चर्चित गीत ‘यस्तै त हो नि ब्रो’मा ‘पानी हान्न आइजा बरु म दारु मगाउछु, गाँजा सल्काउछु ।’ भन्ने शब्द प्रयोग भएको छ । साथै उक्त गीतको भिडियोमा गाँजा पनि देखाइएको छ ।
प्रहरीले केहीदिन अघि मात्र ‘बीच बीच’मा बोलको गीत गाएर चर्चामा आएका दुर्गेश थापालाई पछिल्लो ‘देउसी गीत’ले गलत सन्देश दिने भन्दै नियन्त्रणमा लिएको थियो ।