सहसचिव सुवेदी सचिवमा बढुवा

सहसचिव सुवेदी सचिवमा बढुवा

७ कात्तिक, काठमाडौं ।
सरकारले गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई सचिवमा बढुवा गरेको हो।

सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए। सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन्।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.