दमकको दमक मल सेन्टमा लिफ्टबाट लडेर १ जनाको मृत्यु

दमकको दमक मल सेन्टमा लिफ्टबाट लडेर १ जनाको मृत्यु

७ कात्तिक, झापा ।
झापाको दमक नगरपालिका–६ मा रहेको दमक मल सेन्टमा लिफ्ट बनाउने क्रममा लिफ्टबाट लडेर पाँचथर पात्लेभञ्याङ घर भई दमक–८ बस्ने ३५ बर्षीय सन्तोष मगरको मृत्यु भएको छ ।

बिहीबार बिहान पौने ९ बजेको समयमा लिफ्ट बनाउने क्रममा अचानक लिफ्ट माथीबाट झरी च्यापिएर घाईते भएका मगरलाई उपचारको लागि लाईफ लाईन अस्पताल लगिएको थियो ।

उनको थप उपचारको लागि धरानको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.