म ओरिजिनल माओवादी होइनः पुष्पकमल दाहाल

म ओरिजिनल माओवादी होइनः पुष्पकमल दाहाल

८ कार्तिक, विराटनगर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।

शुक्रबार विराटनगरमा दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्वको अवसरमा आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै दाहालले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम) पनि भनिन्छमा गएको बताएका हुन् ।

उनले आफू ओरिजिनल चौम र मसाल र माओवादी नभएको बताए । उनले झापा विद्रोह, कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरू कहाँ भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गराए ।

उनले पार्टी एकता कमजोर बनाउन नेताहहरुलाई गुट उपगुटमा विभाजन गर्ने षडयन्त्र भइरहेको बताए । उनले पार्टी एकतालाई बलियो बनाएर मात्रै राष्ट्रलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न सक्ने बताए।

अध्यक्ष दाहालले बिचार मिलेर नै पार्टी एकता भएको बताए । तर यो एकता र जितपछि अहंकार पलाएमा नेकपालाई कसैले हराउनु नपर्ने उनले बताए। अध्यक्ष दाहालले आफूहरु अघि बढ्न चाहिरहेको बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.