रेल ल्याएर ऋणमा डुब्ने हो किःशशांक

रेल ल्याएर ऋणमा डुब्ने हो किःशशांक

९ कात्तिक, चितवन ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री एव‌ं सांसद शशांक कोइरालाले चीनबाट रेल ल्याउन आवश्यक नभएको बताएका छन् ।

उनले चीनबाट रेल ल्याउनै परेपनि ऋणमा ल्याउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार बिहान भरतपुरमा आयोजना गरेको तिहार शुभकामना कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले प्रश्न गर्दै भने,‘हाम्रो उत्पादन बढ्यो भने बल्ल रेलको खाँचो हुन्छ, उत्पादन हाम्रो खोई ?

चीनबाट रेलमा पर्यटक ल्याउनु असम्भव कुरा भएको कोइरालाले बताए । उनले थपे ‘टुरिष्ट त जहाजबाट नै आउँछन् ।’ रेलको सम्भावना भएपनि त्यो अनुदानमा हुनुपर्ने सांसद कोइरालाको भनाइ थियो ।

रेल ल्याउँदा अनुदानमा आउने हो कि हैन, चलाउन सक्ने हो कि हैन, रेल ल्याएर ऋणमा डुब्ने हो कि जस्तो पक्षमा ख्याल गर्नु पर्ने उनले बताए । भारतसँग सरकारले अनुदानमा रेल ल्याउन थालेको समाचार पढेको उनले बताए ।

‘भारतसँग रेलको अग्रिमेन्ट हुँदै गरेको समाचार भर्खर पढेँ । उनीहरुले अनुदानमा रेल दिदैछन् । काठमाडौंदेखि तराईसम्म रेल मार्ग सुरु गर्दै रहेछन् । त्यो गर्नु पनि पर्छ । अनुदानमा आएको ठिकै हो । तर, ऋणमा डुबाएर रेल ल्याउनुको औचित्य छैन’ महामन्त्री कोइरालाको भनाइ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.