९ कात्तिक, दुहबी ।
सुनसरीको दुहबी नगरपालिका–३ स्थित पशुपति खाध्य फ्याक्ट्रीमा काम गर्ने एक प्राविधिक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–११ तनमुनाका २४ वर्षीय पवन पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो फ्याक्ट्रीको टिनको तेल चार पट्टिबाट कभर गर्ने मेसिनमा काम गर्ने क्रममा अचानक बिद्युत तार सर्ट भई करेन्ट लागेर उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी बिराट मेडिकल कलेज बिराटनगर ल्याइएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।