९ कात्तिक, संखुवासभा ।
संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा खुकुरी प्रहारबाट एकजना घाईते भएका छन् । मत्स्यपोखरी बस्ने ४६ वर्षीय रिठ्ठुमान राईले सोही स्थान बस्ने ५० वर्षीय खगेन्द्र राईलाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।
शुक्रबार राती साढे ८ बजे सामान्य वादबिवादको क्रममा रिठ्ठुमानले खगेन्द्रको टाउकोमा खुकुरी प्रहार गरेका थिए । घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले घाईतेलाई तत्काल स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल खाँदवारीमा पठाएको जनाएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने रिठ्ठुमान राईलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।