कागको पुजा गरी काग तिहार मनाईयो

कागको पुजा गरी काग तिहार मनाईयो

९ कात्तिक, काठमाडौँ ।
हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको पहिलो दिन शनिबार कागको पुजा गरि काग तिहार मनाईएको छ । कात्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्धितीया तिथिसम्म मनाईने तिहारमा अन्र्तगत पहिलो दिन कागको पुरा गर्ने गरिन्छ ।

आजको दिन कागलाई यमराजको सन्देश वाहकका रुपमा सम्मानका साथ पूजा गर्ने र कानेकुरा दिने गरिन्छ । आजको दिन कागलाई पूजा गरेर खान नदिए पाप लाग्ने धार्मिक मान्यता रहेको छ । त्यसैले आजको दिन आफ्नो घरको आँगनमा पात, दुना वा टपरीमा कागका लागि भनी खाद्यान्नका परिकार राखेर बर्षभरि कागले घरआँगनमा सुखद खबर ल्याओस् भन्ने कामना गर्ने गरिन्छ ।

कागलाई सन्देश वाहक प्राणीको रुपमा लिईने भएकाले काग कराउँदा पाहुना आउने, अथवा शुभ, अशुभका मान्यताहरु रही आएको पाईन्छ । पृथ्वीलोकमा भएका मानिसहरुको जन्म मृत्युको विवरण ल्याउनका लागि यमराजले कागलाई आफ्नो दूत बनाएको किम्बदन्ती रहीआएको छ । कागलाई बाठो पंक्षीको रुपमा लिने गरिन्छ । यसले बालिनालीलाई नोक्सानी पुर्याउने किरा फट्याङग्राहरुलाई खाईदिएर अन्न उत्पादन र मांशजन्य फोहरहरु खाएर सरसफाईमा पनि सहयोग पुर्याईरहेको पाइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.