दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदेश २ मा पेट्रोल पम्प बन्द

दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदेश २ मा पेट्रोल पम्प बन्द

९ कात्तिक, धनुषा ।
धनुषासहित प्रदेश २ का सबै पेट्रोल पम्प शनिबार बन्द गरिएको छ ।

जनकपुरको मुजेलियास्थित पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या विरोधमा पेट्रोलियम डिलर्स एसोसिएशनको आह्वानमा व्यवसायीहरुले शनिबार पेट्रोल पम्प बन्द गरेका छन् । पेट्रोल पम्प बन्द भएपछि सेवाग्राही मारमा परेका छन् ।

उपभोक्ताहरु तोकेको मूल्यभन्दा बढी तिरेर बोतलमा राखेर बेच्दै गरेको पेट्रोल किन्न बाध्य भएका छन् ।

पेट्रोलियम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एसोसिएशनले धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका व्यवसायीहरुले शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

तर महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा मात्र बन्द रहने एसोसिएशनले जनाएको छ । एसोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.