९ कात्तिक, मोरङ ।
मोरङको ग्रामथान गाउँपालिका–५ कखरमारीमा सडक खण्डमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
शनिबार दिउँसो २ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ ख २७८५ नम्बरको बसले सोही स्थान बस्ने ५३ वर्षीय जनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।
घाईते विश्वासको उपचारको क्रममा बिराट नर्सिङहोम बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।