९ कात्तिक, सुनसरी ।
सुनसरीको दुहबी नगरपालिका–८ स्थित मैदा मिल फ्याक्ट्रीमा लडेर एक कामदारको मृत्यु भएको छ । सप्तरी घर भएका बर्ष अंदाजी ४८ का चन्देश्वर मण्डलको मृत्यु भएको हो ।
शनिबार बिहान फ्याक्ट्रिको अंदाजी १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेशिन (पंखा) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भिर घाईते भएका थिए ।
लडेर घाईते भएका उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर ल्याएकोमा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।