१० कात्तिक, विराटनगर ।
विराटनगर महानगरपालिका–४ मा रहेको नोबेल शिक्षण अस्पतालको छतबाट लडेर १ जना नाबालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो साढे ४ बजे सोही अस्पतालमा काम गर्ने ताराप्रसाद न्यौपानेका अन्दाजी १६/१७ महिनाका छोरा रिदम न्यौपाने लडेर गम्भीर घाईते भएका थिए ।
उनको सोही अस्पतालमा उपचारको क्रममा साझ ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।