प्रदेश १ मा पारिवारिक हत्या बढ्दो,३ महिनामा ८ को हत्या

प्रदेश १ मा पारिवारिक हत्या बढ्दो,३ महिनामा ८ को हत्या

१० कात्तिक, विराटनगर ।
चालु आर्थिक वर्षको तीन महिनामा आफन्तबाटै प्रदेश नं १ मा ८ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ ।

चालु आर्थिक बर्षको श्रावणदेखि असोज महिनाको तीन महिनाको अवधिमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी यो अवधिमा ८ जनाको हत्या भएको प्रहरीको तथ्याङले देखाएको हो । जसमा ६ महिला र दुई पुरुषको आफन्तबाटै हत्या भएको छ । श्रीमानले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुरासम्मको हत्या गरेका छन् ।

तथ्याङ अनुसार पछिल्ला तीन महिनामा आफन्तैबाट उदयपुरमा २,सुनसरी,मोरङ,सखुवासभा,खोटाङ,इलाम र भोजपुरमा एक÷एक जनाको हत्या भएको छ ।यी घटनामा श्रीमतीबाट श्रीमान् समेत मारिएका छन्। यसैगरी बाबुआमाले मिलेर सन्तानको हत्या गरेका छन् भने छोराले पनि आमाबाबुको समेत हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यस्तै, छोराबुहारी मिलेर आमाबाबुको हत्या गरेको,आमाले नवजात शिशुको हत्या गरेको समेत तथ्याङ रहेको छ ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक शेखर कोइरालाले पछिल्ला घटना क्रमले आफन्तबाटै परिवारका सदस्यदेखि आफना निकटका मानिसको हत्याका घटना बढी रहेको पाइएको बताए । बरिष्ठ प्रहरी उपरिक्षक कोइरालाले आफन्तबाटै परिवारका सदस्य र आफन्तको हत्यामा कुनै एउटा कारण नभई विभिन्न कारणले हत्या हुने गरेको बताए । आफन्तबाटै आफन्तको हत्यामा मुख्य कारण सामाजिक–आर्थिक कारणपनि मुख्य हुने गरेको छ । प्रहरी प्रवक्ता कोइरालाले प्रहरी अनुसन्धानले धेरै जसो घटना गरिबीका कारणसंग जोडिएको पाइएको जानकारी दिए ।

१ नं प्रदेश प्रहरी कार्यालयले तयार पारेको तथ्यांकमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल २८ वटा हत्याका घटना भएका छन् । जसमा यो अवधिमा १५ पुरुष र १३ महिनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा १ सय २ वटा हत्याका घटनामा भएका थिए ।जसमा २८ प्रतिशत घटनामा आफन्तबाटै आफन्तको हत्या भएको पाइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.