सरकारको बदनाम गर्नेको प्रतिवाद गर्न पुष्पकमलको अपिल

सरकारको बदनाम गर्नेको प्रतिवाद गर्न पुष्पकमलको अपिल

१० कात्तिक, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गर्न सबै समुदायलाई अपिल गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले विभिन्न खालका परिवर्तन विरोधी, प्रगति विरोधी निरंकुश प्रवृत्तिका मानिसहरुले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई बदनाम गराउन रातदिन प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता प्रवृतिको प्रतिवाद गर्न सबै जाति, भाषा र संस्कृतिका समुदायलाई अपिल गरेका हुन् ।

‘सरकारलाई के गरी बदनाम गराउन सकिन्छ ? कम्युनिष्ट पार्टीका नेताहरुबीच कसरी विवाद ल्याउन सकिन्छ ? भनेर परिवर्तन विरोधी तत्वहरु लागि परेका छन,’ आईतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘देशमा बलियो सरकार भएको हेर्न नचाहने, देशमा विकास, निर्माण र समृद्धिको युग सुरु भएको हेर्न नचाहने त्यस्ता तत्वहरुको प्रतिवद्ध गर्न आ–आफ्नो ठाउँबाट जुटन पनि सबै समुदायलाई अपिल गर्दछु ।

अध्यक्ष दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेपनि त्यसलाई व्यवहारिक कार्यान्वयनमा लैजाने काममा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टी एकतालाई अझै सृदढ बनाउँदै लैजाने अठोट पनि गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.