पहिलोपटक बेइजिङ उड्यो नेपाली जहाज

पहिलोपटक बेइजिङ उड्यो नेपाली जहाज

११ कात्तिक, काठमाडौं ।
पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा उडान थालेको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हो।

६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको श्रेष्ठले जानकारी दिए । यसअघि बेइजिङमा नेपाली बिमानको सिधा उडान भएको छैन । विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईमा ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् ।

हिमालय एयरलाइन्सले प्रारम्भिक सुरुमा साताको दुई उडानको तयारी गरिरहेको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ ।
बेइजिङ उडान नेपाल भ्रमण वर्षको अभियानमा समेत महत्वपूर्ण सावित हुने हिमालय एयरलाइन्सको विश्वास रहेको छ । हिमालय एयरलाइन्सले बेइजिङमा निर्माण भई संचालनमा आएको संसारकै ठूलो विमानस्थलमध्ये एक डाक्सिङ विमानस्थलमा उडान गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.