१० कात्तिक, काठमाडौँ ।
प्रहरीले शनिबार राति काठमाडौंको महाराजगंजबाट २५ जना जुवाडेलाई प्रक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगंजले आइतबार पत्रकार सम्मेलन गरी शनिबार राति महाराजगंजस्थित होटल साम्बालाको पछाडि एक निजी घरमा करोडौं रुपैयाँ बाजी राखेर जुवा खेलिरहेका २५ जना जुवाडेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी गराएको हो ।
उनीहरुको साथबाट २ करोड ६७ लाख नगद पनि बरामद गरिएको छ । त्यसैगरी ३ लाखको नगद चेक, ३२ थान जुवा खेल्ने कौडा, ४ बुक तास पनि उनीहरुको साथबाट बरामद गरिएको वृत्तका प्रमुख डिएसपी उमेश लम्सालले बताए । डिएसपी लम्साल नेतृत्वको टोलीले सो जुवाखालमा छापा गरेको थियो । जुवाखालमा पेशेवर जुवाडेहरु संलग्न रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा क्यासिनो किङ भनेर चिनिने गुण्डा नाईके बलराम सापकोटा ‘बले’ लगायतका रहेको पनि डिएसपी लम्सालले बताए । जुवाखालबाट पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २ भाङ्गीका बुद्ध लामा,काठमाडौं महानगरपालिका १५ का मुक्ती लामा, काठमाडौं ९ का पवन अग्रवाल, ६ का सुमन अग्रवाल,काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ का कृष्ण भण्डारी,काठमाडौं २९ का राम तामाङ्ग,काठमाडौं बुढानीलकण्ठ नगरपालिका ११ का सिताराम खड्का, काठमाडौं २६ का अशोक श्रेष्ठ, ३५ का श्यामप्रसाद पराजुली, स्वयम्भुका रञ्जन राजबंशी, काठमाडौं महानगरपालिका ३ का विक्रम गौतम रहेका छन् । उनी मिनी क्यासिनो सञ्चालक घरधनी हुन् । यसै गरी प्रहरीले काभ्रेपलान्चोक पनौती नगरपालिका ५ का प्रदीप बोगटी, काभ्रेपलान्चोक तिमाल गाउँपालिका ६ का नवाङ्ग लामा , काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ का धावा लामा ,काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका ४ का बलराम सापकोटा (बले), काभ्रे नमोबुद्ध नगरपालिका ११ का रोशन तामाङ्ग रहेका छन् ।
यसैगरी दोलखा भीमेश्वर नगरपालिका ५ का राम कृष्ण के.सी.,दोलखा भीमेश्वर नगरपालिका ५ बस्ने ईन्द्र श्रेष्ठ , ललितपुरको गोदावरीका प्रेमथापा मगर,ललितपुर पुल्चोकका सोहेल कार्की, ओखलढुङ्गाको पाप्ले ३ का सुमन गुरुङ्ग ,रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ३ का शोवित सिलवाल , रामेछापको बागमती भण्डारी नगरपालिका ३ का पवित्रकुमार कार्की , बाराको निजगढ नगरपालिका ९ का शम्भु बुढाथोकी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का शम्भु शेर्पा रहेका छन्। उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए ।