१० कात्तिक, विराटनगर ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा खेलिने देउसी, भैलो मोरङ जिल्लामा राति १० बजेसम्म मात्र खेल्न मोरङ प्रशासनले आग्रह गरेको छ । तिहारको बेला खेलिने देउसी, भैलो तथा मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको हो ।
शनिबार बसेको स्थानीय सुरक्षा समितिको बैठकले चाडपर्वको बेलामा जुवाजन्य क्रियाकलाप गर्ने, पटका पड्काउने तथा मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल र्पुयाउने कार्य हुनसक्ने भएकाले १० बजे भन्दा पछि मनोरञ्जनात्मक क्रियाकलाप गर्न नपाईने गरी समयसीमा तोकेको हो ।
बैठकले भारतबाट आयात गरिने पटाका तथा प्रज्वलनशील पदार्थमा रोक लगाउन र सीमावर्ती क्षेत्रमा निगरानी बढाउन तथा बजारमा अनुगमन कार्य तीव्र पार्न प्रहरीलाई निर्देशन दिएको छ । साथै चाडपर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डारण, बिक्री वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्यलाई सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिने निर्णय बैठकमा भएको छ ।
https://www.facebook.com/nepaltimesnews/videos/870123466719094/?t=1