भारतमा तीन नेपालीको सामूहिक हत्या

भारतमा तीन नेपालीको सामूहिक हत्या

११, कात्तिक, बैतडी ।
भारतको पिथौरागढमा बैतडीका तीन जना मजदुरको हत्या भएको छ ।

धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या गरिएको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए ।

पुर्चौंडी नगरपालिका वडा नम्बर–५, दहतालका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४, भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको हो ।

हत्या गरिएकामध्ये हरे बोहरा र बीरा बोहरा सहदोर दाजुभाइ हुन् । हत्या गरिएका तीनै जना डेढ बर्ष यतादेखि पिथौरागढको सिलौल मड भन्ने ठाउँमा मजदुरी गर्दै आइरहेका बुझिएको छ ।

उनीहरुमध्ये हरे बोहराकी श्रीमति किर्रा बोहरा फरार रहेकाले यो घटनामा उनको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको पनि उपप्रमुख बोहराले बताए।

अहिले मृतकहरुको शव जिल्ला अस्पतालमा पिथौरागढ राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको उपप्रमुख बोहराले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.