बेलबारीमा पोखरीमा डुबेर गच्छदारका छोराको मृत्यु

बेलबारीमा पोखरीमा डुबेर गच्छदारका छोराको मृत्यु

मोरङ, कार्तिक ११ गते । मोरङको बेलवारी नगरपालिका ६ बनौलमा आइतवार पोखरीमा डुबेर २ बर्षीय बालकको मृत्यु भएको छ ।

साँझ ६ बजे सोही ठाउँका शुदर्शन गच्छदारका २ बर्षीय छोरा सदन गच्छदार खेल्ने क्रममा छिमेकी बलबहादुर गच्छदारको पोखरीमा डुबेका थिए ।

पोखरीमा डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि विराटनगर ल्याइएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.