सुनसरी, कार्तिक ११ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेबाट प्रहरीले आइतबारराति कौडासहित २३ जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा बाङगेस्थित स्थानीय गीता दाहालको घरमा जुवा खेलिरहेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ५ कालाबन्जार बस्ने पूर्ण थापा सहित २३ जनालाई पक्राउ गरेको हो ।
उक्त स्थानबाट प्रहरीले कौडासहित नगद १ लाख ५६ हजार २ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाकाप्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको उक्त कार्यालयले जनाएको छ