नर्विच सिटीलाई म्यान्चेष्टर युनाइटेडले हरायो

नर्विच सिटीलाई म्यान्चेष्टर युनाइटेडले हरायो

११ कात्तिक, एजेन्सी ।

नर्विच सिटीलाई ३–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ ।

युनाइटेडले पछिल्लो पाँच खेलमा पहिलो जित निकालेको हो । नर्विच सिटीको मैदानमा भएको खेलमा म्याक टोमिनेले गोल गर्दै युनाइेडलाई २१औंँ मिनेटमा अग्रता दिलाएका थिए ।

३०औंँ मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २–० को अग्रता लियो । ७३औंँ मिनेटमा एन्थोनी मार्सियलले गोल गरेपछि युनाइटेडले ३–० को अग्रता लियो ।

तर, ८८औंँ मिनेटमा ओनेल हर्नाण्डेजले नर्विचका लागि गोल गर्दै युनाइेडको अग्रता ३–१ मा झारे । बाँकी समयमा थप गोल हुन नसक्दा युनाइटेडले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

जितसँगै युनाइटेड १३ अंक बनाउँदै सातौँ स्थानमा उक्लिएको छ । नर्विच सिटी भने सात अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.