टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

११ कात्तिक, काठमाण्डौ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले गएको बिहीबार अद्यावधिक गरेको टी–२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो ।

नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी–२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ । वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् ।

दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौँ स्थानमा रहेका छन् । यता एक दिवसीय वरीयतामा नेपाल १७ औंँ स्थानमा रहेको छ ।

टी–२० को ब्याटिङको वरीयतामा पारस खड्का ४५ औंँ स्थानमा पुगेका छन । उनले थिसारा परेरा, रोस टेलर, सौम्य सरकारलाई पछि पारेका छन । ब्याटिङको वरीयतामा नेपालबाट एक्लो खेलाडीका रुपमा रहेको पारसले चार सय ६६ अंक पाएका छन् ।

अलराउण्डरमा पारस २४ औंँ स्थानमा यथावत छन । उनले एक सय आठ अंक पाएका छन । यस्तै अर्का खेलाडी सोमपाल कामी ६० औंँ स्थानमा छन ।अलराउण्डमा करन केसी पनि समावेश भएका छन् । उनी हाल ७७ औंँ स्थानमा रहेका छन ।

उनले ४२ रेटिङ अंक पाएका छन् । टी–२० को बलिङमा पाँच नेपाली खेलाडी परेका छन् । जसमा सन्दीप लामिछाने ६४ औंँ स्थानमा पुगेका छन् भने सोमपाल कामी ६८ औंँ स्थानमा यथावत छन ।

करण केसी ८३ औंँ स्थानमा र बसन्त रेग्मी ८९ स्थानमा छन् । वरीयतामा पहिलो पटक अविनाश बोहोरा परेका छन् जसमा उनी एक सयौँ स्थानमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.