दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर लगाए टीका

 दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर लगाए टीका

१२ कात्तिक, काठमाडौं ।  दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाएका छन्  ।

रानी पोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले सो मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाईटीकाको दिन दिदीबहिनी नभएकाहरुले टिका लगाईरहेका हुन्  । मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाईटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ ।

बिहान ७ बजेबाट सुरु गरिएको भाईटीका बेलुका साँढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ । दिदीबहिनी नभएकाहरुले सो मन्दिरमा पुगेर भाईटीका लगाउने परम्परालाई हालसम्म पनि निरन्तरता दिइएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.