१२ कात्तिक, मोरङ । प्रहरीले साढे छ लाखभन्दा बढी रकमसहित २० जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले मोरङका विभिन्न दुई ठाउँबाट नगद ६ लाख ६० हजार २४५ रुपैंयाँसहित २० जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका–८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कौडा १ सेट र नगद दुई लाख १० हजार ६१० रुपैंयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।