१३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन् ।
चिसोका कारण स्वास्थ्य समस्या देखिएपछि उनी ग्राण्डी पुगेका स्रोतले बतायो । बिहान ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी गएको र केहीबेरमा अस्पतालबाट फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।