काराबाओ कपः म्यान्चेष्टर सिटी, लेस्टर सिटी र एभर्टन क्वार्टर फाइनलमा प्रवेश

काराबाओ कपः म्यान्चेष्टर सिटी, लेस्टर सिटी र एभर्टन क्वार्टर फाइनलमा प्रवेश

१३ कार्तिक, एजेन्सी । म्यान्चेष्टर सिटी, लेस्टर सिटी र एभर्टन कारबाओ कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा साउथह्याम्टनलाई ३–१ गोल अन्तरले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम आठमा पुगेको हो ।

सिटीको जीतमा सर्जियो अगुएरोले दुई र निकोलास ओटामेन्डीले एक गोल गरे । साउथह्याम्टनका ज्याक स्टेफेन्सले एक गोल गरे पनि हार टार्न सकेनन् ।

यस्तै लेस्टर सिटीले बुर्टन अल्बियोनलाई ३–१ ले हरायो । लेस्टरको जितमा केलिची इयान्चो, योइरी टेलिम्यान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

यसैगरी वाट्फोर्डलाई २–० ले हराउँदै एभर्टन पनि क्वार्टर फाइनलमा पुगेको छ । गुडिसन पार्कमा भएको खेलमा एभर्टनका लागि म्यासन होल्गेटले ७२ औं मिनेटमा र रिचार्ड्लिसनले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.