पूर्वकप्तान पारस खड्काले दिए नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई

पूर्वकप्तान पारस खड्काले दिए नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई

१३ कार्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् । पारसले ट्वीटमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिकेट टिमको कप्तानमा नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई । जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्नेछौँ ।’

पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो । अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.