एसियन फुटबल महासंघको ड्रिम एसिया अवार्ड भोजराज भाटलाई

एसियन फुटबल महासंघको ड्रिम एसिया अवार्ड भोजराज भाटलाई

१३ कार्तिक, काठमाडौं । नेपाली पत्रकार तथा वृत्तचित्र निर्माता भोजराज भाटले एसियन फुटबल महासंघ (एएफसी)को ड्रिम एसिया अवार्ड जितेका छन् ।

बुधबार मलेसियामा भएको अवार्ड कार्यक्रममा उनले १० हजार अमेरिकी डलर पुरस्कार रहेको ड्रिम एसिया अवार्ड जित्न सफल भए । एएफसीको सोसल रेस्पोन्ससिबिलिटी विधाअन्तर्गत भाटले सन् २०१५ मा निर्माण गरेको ‘सुनकली’ वृत्तचित्रबाट अवार्ड जितेका हुन् ।

यो विधामा २७ आवेदकमध्ये तीनलाई विजेता घोषित गरिएको हो । भाटसँगै यो अवार्ड जापान इन्क्लुसिभ फुटबल फेडेरेशन र शेल कतार कूरा टाइम प्रोगाम नामक संस्थाले पनि जितेका छन् ।

मुगुका महिला फुटबलरमाथि बनाएको त्यस वृत्तचित्रमार्फत भाटले अन्तराष्ट्रिय स्तरमा नै चर्चा पाएका थिए । ‘सुनकली’ वृत्तचित्र विश्वका एक सयभन्दा बढी फिल्म फेस्टिबलमा देखाइएको थियो । ‘सुनकली’ले २० भन्दा बढी अवार्ड जितेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.