उदयपुरमा मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु

१४ कात्तिक, उदयपुर । सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सुखिपुर ९ का ३० बर्षीय अबिन ठाकुरको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार साझ ५ बजे उदयपुर त्रियुगा नगरपालिका चुवाडे नमुना चोकमा स २ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका ठाकुर गम्भिर घाईते भएका थिए ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सिरहाबाट उदयपुरको जलजले तर्फ आउदै गर्दा उक्त स्थानमा मोटरसाईकल दुर्घटना भएको हो ।

मोटरसाईकल र चालक सिरहा लहान १७ बस्ने दुर्गानन्द बि.क.लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.