जनकपुर परिक्रमा क्षेत्रभित्र माछामासु र मदिरा सेवनमा रोक

जनकपुर परिक्रमा क्षेत्रभित्र माछामासु र मदिरा सेवनमा रोक

१४ कात्तिक, जनकपुर ।
आगामी आइतबारसम्मको लागि जनकपुर परिक्रमा क्षेत्रभित्र माछामासु र मदिरा सेवन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलले आज सूचना जारी गरी चार दिनसम्म माछामासु र मदिरा निषेध गरिएको जनाएका छन् ।

सामान्य प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी गरिएको सूचनाविपरीत गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रजिअ कँडेलले चेतावनी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.