लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

१५ कात्तिक, वीरगञ्ज ।
लागुऔषधसहित तीनजना युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय राधेश्याम भगत माली, सोही ठाउका २६ वर्षकै मुन्ना ठाकुर हजाम र महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षका जितेन्द्र प्रसाद जैसवाल रहेका छन् ।

पक्राउ परेका तीनैजनालाई लागु औषध सम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसनधान भईरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिँह राठौरले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.