१५ कार्तिक, एजेन्सी । न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा पाहुना टोली इंग्ल्यान्डले सहज जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाँच टि ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको हो ।
न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य इंग्ल्यान्डले १८ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले ३८ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन जोड्दै प्लेयर्स अफ द म्याच चुनिए ।
ओपनर जोनी बेयस्र्टाे २८ बलमा ५ चौका र १ छक्का सहित ३५ र डेविड मिलान ११ रनमा आउट भए । कप्तान इओन मोर्गन २१ बलमा ४ चौका र १ छक्का सहित ३४ र विकेटकीपर साम विलिङ्गस १४ रनमा अविजित रहे । न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निधारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । ओपनर मार्टिन गुप्टिल २ र कोलिन मुनरो २१ रनमा आउट भएका थिए । विकेटकीपर टिम सेफर्ट ३२, कोलिन डी ग्राण्डहोम १९ रनमा क्याच आउट भए ।
रोश टेलरले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४४ रन जोड्दा डर्याल मिचेलले ३० रनको योगदान दिए । इंग्ल्यान्डका क्रिस जद्र्रान २, साम करन, आदिल राशिद र प्याट्रिक ब्राउनले समान १ विकेट हात पारे । दोस्रो टि ट्वान्टी खेल आइतबार हुनेछ ।