लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत पुग्छ: गच्छदार

लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत पुग्छ: गच्छदार

१६ कात्तिक, विराटनगर ।

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत पुग्ने बताए । काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहेका नेता गच्छदारले पार्टीको आजको बैठकले धरान उपमहानगरपालिकाका प्रमुखका लागि तिलक राईलाई सर्वसम्मत् उम्मेदवार छनोट गरेको जानकारी दिए । उनले कात्तिक १७ गते बस्ने काङ्ग्रेस पदाधिकारी बैठकले अन्य उम्मेदवार सर्वसम्मत रुपमा छनोट गर्ने बताए ।

“अहिले पार्टीभित्र कुनै गुटउपगुट छैन”, उनले भने । आगामी उपनिर्वाचनले जनताको अभिमत र भावनालाई बाहिर ल्याउने तर पार्टीले यसलाई प्रतिष्ठाको विषय नबनाएको उपसभापति गच्छदारको धारणा थियो । आगामी उपनिर्वाचनलाई सरकारको कामको जनताले गर्ने मूल्याङ्कनको परिणामका रुपमा हेर्नुपर्ने उनको भनाइ थियो । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.